काठमाडौं । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले मातहतका निकायलाई स्वदेशी उत्पादनका वस्तु मात्रै प्रयोग गर्न आग्रह गरेको छ ।
आज (शुक्रबार) सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग गर्ने सम्बन्धी निर्देशिका २०७१ को प्रभावकारी कार्यान्वयन गर्न भन्दै मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सबै तहका सरकार, मन्त्रालय, आयोग र सबै सार्वजनिक कार्यालयहरुलाई स्वदेशी वस्तु अनिवार्य प्रयोग गर्न आग्रह गरेको हो ।
सबै सार्वजनिक निकाय तथा कार्यालयले आयोजना गर्ने कार्यक्रममा अतिथि सत्कार, नास्ता र खाजामा अनिवार्य रुपमा नेपाली नै उत्पादन प्रयोग गर्न र सार्वजनिक खरिद पनि १५ प्रतिशतसम्म महँगो भए पनि नेपाली उत्पादन नै गनुृपर्नेले जोड दिदैं अनुरोध समेत गरेको छ ।
‘सार्वजनिक निकायले आफ्नो कार्यालयमा प्रयोग हुने स्टेसनरी, फर्निचर, मेसिनरी औजारजस्ता मालसामान खरिद गर्दा सकेसम्म नेपाली उत्पादन नै खरिद गर्नुपर्ने छ । मन्त्रालयले उ्ल्लेख गर्दै ‘उपलब्ध भएसम्म नेपाली उत्पादन नै प्रयोग गर्नुपर्ने र कम्तिमा पनि ५० प्रतिशत स्वदेशमा उत्पादनकै सरसामानहरुको प्रयोग गर्नुपर्ने बताएको छ ।
स्वदेशमा उत्पादित सामानको प्रयोगले नेपाली बस्तुको प्रयोग हुनुका साथै आयातमा कम गर्न सकिन्छ । त्यतीमात्र होइन नेपालमा नै सामान उत्पादन गर्ने उ्द्योगहरुको स्थापनामा प्रोत्साहन हुनुका साथै नेपालीहरु बेरोजगारी भएर बस्नु नपर्ने र नेपालको आर्थिक अवस्थामा पनि सुधार आउन सक्ने भएकाले उद्योग वणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको विज्ञप्ती यस्तो छ :






