ताजा समाचार

प्रि-ओपन सेसनमा ४.२७ अंकले बढ्यो नेप्से

काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से सूचक ४.२७ अंकले वृद्धि भएको छ । यससँगै सूचक २११८.६१ विन्दुमा अडिएको छ ।

३२ कम्पनीको भाउ बढेको छ भने ७ वटाको मूल्य घटेको छ । ३६ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ३९ कम्पनीको १० हजार ६४१ कित्ता सेयर खरिदबिक्री भएको छ ।

यता १३ उपसूचकहरु मध्ये २ कम्पनीमा ओरालो लागेको छ । कुल ७ कम्पनीमा उकालो लागेको र बाँकी ३ कम्पनीमा कुनैपनि परिवर्तन आएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *