समाचार

फेरी बढ्यो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मुल्यवृद्धि गरेको छ ।

भारतबाट मुल्य बढेर आएको भन्दै निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी इन्धनको मुल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रुपैया बढाएको हो ।

बढेपछि पेट्रोल प्रतिलिटर १७८ रुपैया पुगेको छ भने डिजल र मट्टितेलको मुल्या भने १७५ रुपैया पुगेको छ । निगमका अनुसार ग्यासको मुल्य केही घटेर आएको भएपनि समायोजन नभएको र हवाई इन्धनको मुल्य समेत घटबढ भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *