अर्थ

सुनको मूल्य तोलामा पाँच सयले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार नौ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुन तोलाको एक लाख तीन हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको एक लाख तीन हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुनको मूल्य हिजो तोलाको एक लाख दुई हजार नौ सय रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *