पर्यटन

कांग्रेसको प्रतिज्ञा- वार्षिक २० लाख पर्यटक भित्र्याउने

काठमाडौं । नेपाली कांग्रेसले आगामी पाँच वषर्मा वार्षिक २० लाख पर्यटक भित्र्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

कांग्रेसले आज आगामी आम निर्वाचनको घोषणापत्र सर्वजनिक गर्दै आगामी पाँच वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख पुर्याउने लक्ष्य लिइएको बताएको हो ।

साँस्कृतिक वैभवता, रुपान्तरणयोग्य आध्यात्मिकता, भू–बनोटीय सुन्दरता र रणनीतिक भौगालिक अवस्थितिले गर्दा पर्यटनमा प्रचुर सम्भावना रहेकाले दिगो आर्थिक विकासको एउटा आधार हो । कांग्रेसले कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रको प्रत्यक्ष योगदान ५ प्रतिशत पुर्याउने लक्ष्य लिइएको जनाएको छ ।

आगामी पाँच वर्षमा पर्यटकको औसत बसाईलाई १३ दिनबाट १५ दिन, प्रति पर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्याउने लक्ष्य लिइने घोषणापत्रमा उल्लेख छ । नेपाललाई प्रकृतिमा आधारित पर्यटन र साहसिक पर्यटनको लागि अन्तर्राष्ट्रिय गन्तव्य वनाउन आवश्यक कार्य गरिने बताउदै निजी क्षेत्रसँगको सहकार्यमा होटल पूर्वाधार र जनशक्तिको विकास एवं गन्तव्यहरूको प्रवद्र्धन गरिने बताएको छ । पश्चिमी राष्ट्रहरू र मध्यम वर्गीय जन घनत्व भएका उदीयमान एशियाली राष्ट्रहरूबाट पर्यटकहरु भित्र्याउन व्यापक बजारीकरण गर्ने कांग्रेसको लक्ष रहेको छ ।

कांग्रेसले हवाई यातायातको एकाधिकारलाई कम गर्दै प्रतिस्पर्धालाई प्रोत्साहित गर्ने नीति लिइ स्थापित तथा उदीयमान गन्तव्यहरु सम्मको सहज र सुलभ पहुँचका लागि पूर्वाधार विस्तार र स्तरोन्नति गरिने छ । पर्यटकहरुको धेरै चहलपहल हुने स्थानहरु सुरक्षित र डिजिटल नक्सामा देखिने बनाइने योजना अघि सारेको छ ।

सरकारी र सावजनिर्क नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने र पर्यटकका लागि आकर्षण बन्न सक्ने परम्परागत सँस्कृतिलाई कलात्मक रुपमा सौन्र्दयकरण गरिने जनाएको छ । वातावरणमैत्री व्यवसायका रुपमा पर्यटन प्रवद्र्धन गर्दै दिगो विकासको पदमार्गमा अघि बढ्न सामुदायिक वनको विस्तार र पुरातात्विक सम्पदा स्थलहरुको संरक्षण गरिने छ । सबै पर्यटकीय गन्तव्यहरुमा सार्वजनिक शौचालय, पाटी, पौवाको व्यवस्था गरिर्ने प्रतिज्ञा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *