अर्थ

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ३४ पैसा र बिक्री दर १२७ रुपैयाँ ९४ पैसा रहेको छ । युरो एकको खरिद दर १२७ रुपैयाँ ०३ पैसा र बिक्री दर १२७ रुपैयाँ ६३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ६८ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८३ पैसा र बिक्री दर ३४ रुपैयाँ ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

ex1 wDQmDzHn7D

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *