काठमाडाैं । सरकारले ‘सुकीर्तिमय राष्ट्रदीप’बाट उद्यमी चन्द्रप्रसाद ढकाल र पशुपति मुरारकालाई सम्मान गर्ने भएको छ । संविधान दिवसकाे अवसरमा सरकारले ढकाल र मुरारकालाई सम्मान गर्ने भएको हाे ।
ढकाल आइएमई ग्रुपका अध्यक्षका साथै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । यस्तै, महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य हुन् ।
उनीहरुसँगैं आज नौ सय ९८ जना विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुँदैछन् ।




