चैनपुर । समाज स्पर्श समिति चैनपुरले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष लबकुमार श्रेष्ठबाट वार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको शेयर पूँजी ९५ लाख २२ हजार ९ सय रहेको बताए । शनिबार सम्पन्न कार्यक्रममा प्रतिवेदन पेश गर्ने क्रममा संस्थाको नाममा २ रोपनी २ आना जग्गा खरिद गरिसकेको र चैनपुर नगरपालिकाको आर्थिक सहयोगमां संस्थाको भवन निर्माण हुनलागेको समेत खुलसा अध्यक्ष श्रेष्ठले गरे ।
सहकारी संस्थाका व्यवस्थापक खगेन्द्र डाँगीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ३ सय ८७ पुरुष र ४ सय ८१ महिला सहित ८ सय ६८ जना शेयर सदस्य रहेको संस्थाको एक व्यक्ति अधिकत्तम शेयर ७ लाख ९७ हजार ७ सय सम्म रहेको व्यवस्थापक डाँगीले बताए । प्रतिवेदनमा आ.व. २०७८÷०७९ को कुलअ ाम्दानी ७१ लाख ५६ हजार २ सय १७ रुपैयाँ तथा खर्च ५२ लाख ५ हजार २ सय १५ कटाई १९ लाख ५१ हजार नाफा प्राप्तभएको संस्थाका व्यवस्थापक डाँगीले बताए ।

सेजल डास सेन्टरले नृत्य प्रस्तुतीले कार्यक्रमलाई रोचकता प्रदान गरेको थियो । कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरु रीता ताम्राकार, नरेन्द्रमणि श्रेष्ठ, र जितबहादुर श्रेष्ठलाई सम्मानित गरिएकोे थियो । यसैगरी नियमित बचतकर्ता तुलसीराम नेपाल र कमला पौडेल, गृहिणी बचतकर्ता, सहयोगी स्वयमसेवक लगायतलाई सम्मानित गरिएको थियो ।
कार्यक्रममा संस्थाका सहसचिव हेमकुमारी चौहानले स्वागत मन्तव्य दिएका थिए । यसैगरी प्रमुख अतिथि एवं चैनपुर नगरपालिका नगरप्रमुख कृष्णकुमार तामाङ, चैनपुर नगर उपप्रमुख एलिना श्रेष्ठ, गाउँ विकास सहकारी संस्थाका प्रतिनिधि भिम न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।




