अर्थ

नेपालमा एक वर्षमा १९ खर्ब २० अर्बभन्दा बढीको वस्तु आयात

काठमाडौं । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा विभिन्न देशबाट १९ खर्ब २० अर्बभन्दा बढीको वस्तुहरु आयात गरेको छ । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले उक्त रकम बराबरको वस्तु आयात गरेको भन्सार विभागले जनाएको छ । 

सो अवधिमा नेपालले कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाख ४९ हजार रुपैयाँको वस्तुहरु विभिन्न देशबाट निर्यात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २०७८/७९ मा नेपालको आयात व्यापार २४.७२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष नेपालले विभिन्न देशबाट १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार रुपैयाँको वस्तुहरु आयात गरेको थियो । 

अघिल्लो वर्षभन्दा गत वर्ष नेपालले ३ खर्ब ८० अर्ब ६१ करोड १२ लाख ८१ हजार रुपैयाँ बढीको वस्तु आयात गरेको देखिन्छ ।  

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *