बागमती प्रदेश

बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड नाघ्यो, कुनको कति ?

हेटौँडा । बागमती प्रदेश सरकारको बेरुजु २ अर्ब ३२ करोड ५ लाख ८८ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रदेश सरकारको बेरुजू १ अर्ब ९ करोड ४४ लाख १० हजार थियो ।

सबैभन्दा धेरै भौतिक पूर्वाधार विकास मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन मन्त्रालय, पर्यटन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र मातहतका कार्यालयमा बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *