अर्थ

गण्डकी प्रदेश सरकारको बजेट पारित

काठमाडौं । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ ।

अर्थमन्त्री रामजी बरालले असार १ गते प्रदेश सभामा बजेट पेस गरेका थिए । ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँ बराबरको बजेटमाथि प्रदेशसभामा छलफल सकिएपछि बिहीबार पारित भएको हो ।

सांसद विकास कोषमा बजेट विनियोजन नगरेको भन्दै बजेट पेश भएको झण्डै एक महिना भने छलफल अघि बढेको थिएन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *