काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार गत जेठमा मूल्यवृद्धिदर ६ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको जेठ महिनामा समग्र मूल्यवृद्धिदर ८ दशमलव ५६ प्रतिशत पुगेको छ ।
राष्ट्र बैंकका अनुसार २०७३ को भदौमा ७ दशमलव ९ प्रतिशत मसल्यवृद्धि रहेकोमा गत आर्थिक वर्षको ११ महिनामा भने मूल्यवृद्धिदर ४ दशमलव १९ प्रतिशतमा सिमित थियो ।



