अर्थ

लुम्बिनी प्रदेश सरकारको बजेट पारित

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो । प्रदेश सांसदहरुले उठाएको प्रश्नको जवाफ बुधबार सरकारले दिएपछि विनियोजन विधेयक निर्णयार्थ पेश गरिएको हो ।

प्रदेश सभामा बोल्दै मुख्यमन्त्री कुलप्रसाद केसीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनपछि प्रदेशलाई आत्मनिर्भर र समृद्ध बनाउन सबैको साथ लिएर सरकार अघि बढ्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *