समाचार

पोखरा महानगरले ल्यायो ८ अर्ब बढिको बजेट

काठमाडौं । पोखरा महानगरपालिकाले आगामी आर्थिक बर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख रूपैयाँ बराबरको बजेट ल्याएको छ ।

संघको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकारको अनुदानबाट ११ करोड २८ लाख, आन्तरिक आयबाट ३ अर्ब १ करोड रूपैयाँ बेहोर्नेगरी बजेट ल्याएको हो ।

यस्तै, संघीय राजश्व बाँडफाँडबाट ३७ करोड ३७ लाख, प्रदेश राजश्व बाँडफाँडबाट १ करोड ४२ लाख रूपैयाँ प्राप्त हुने अनुमान गरेको छ। कुल बजेटमा कम हुन जाने २ अर्ब ४० करोड ४२ लाख रूपैयाँ चालु बजेटबाट बचत हुने रकमबाट बेहोर्ने उल्लेख छ।

यसअघि बजेट पेस गर्न बसेको नगरसभा बैठकमा एमालेका जनप्रतिनिधिले बहिष्कार गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *