अर्थ

खोप उत्पादन कम्पनी खोल्न चाहे कर छुट दिने

काठमाडौं । नेपालमा खोप उत्पादन कम्पनी खोल्न चाहनेलाई सरकारले कर छुट दिने घोषणा गरेको छ ।

आर्थिक विधेयकको दफा ३० मा विषेश व्यवस्था गर्दै खोप उत्पादन गर्ने कम्पनीका लागि आवश्यक हुने उपकरण र मेसिन आयातमा सबै कर छुट दिने घोषणा गरेको हो । त्यस्तै अक्सिजन उत्पादन कम्पनीका लागि आवश्यक मेसिन तथा उपकरणमा लाग्ने कर समेत छुट दिने घोषणा गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *