अर्थ

पेट्रोलियम पदार्थको मुल्य फेरी बढाउने तयारी

काठमाडौं । नेपाल आयल निमगले फेरी पेट्रोलिय पदार्थको मुल्य बढाउने तयारी शुरु गरेको छ ।

आइतबार निगमले भारतीय आयल कर्पोरेसनले इन्धनको मुल्य बढेको सूची पठाएको भन्दै विज्ञप्ती जारी गर्दै मुल्य बढाउने तयारी थरेको हो ।

निगमले आइओसीले नयाँ मूल्य पठाएसँगै आगामी १५ दिनमा करिब पाँच अर्ब १९ करोड रूपैयाँ घाटा हुने दाबी गरेको छ ।

निगमका अनुसार आइओसीले पठाएको मूल्यसूची अनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २३ रुपैया ०२ पैसा, र डिजेलमा ४० रुपैया १३ पैसा घाटा हुने दाबी गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *