अर्थ

नेप्सेमा ४४ अंकको गिरावट

काठमाडौँ । सोमबार नेप्से परिसूचकमा ठुलो गिरावट आएको छ । आज ४४.६४ अंकले घटेर नेप्से २४१९.७१ विन्दुमा पुगेको छ ।

नेप्से सूचकसँगै आज सेन्सेटिभ इण्डेक्स ९.३८ अंक, फ्लोट इण्डेक्स २.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३१ अंकले घटेका छन् ।

आज २३३ कम्पनीको ४० हजार ५०७ कित्ता शेयर कारोबार हुदा २ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएको नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले बढेको छ भने जलपा सामुदायिक लघुवित्तको शेयर मुल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

त्यस्तै आज कारोबारमा आएको इमर्जिङ नेपाल लिमिटेड र राष्ट्र उत्थान लघुवित्तको शेयर मुल्य सबै भन्दा बढी ९ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यस्तै आज कारोबारमा आएका सबै उपसूचकको शेयर मुल्य घटेको छ । आज सबै भन्दा बढी अन्य उपसूचकको मुल्य ४.६२ प्रतिशतले घटेको छ भने जीवन बिमाको ३.१५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल लाइफ इन्सुरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको १६ करोडभन्दा बढीको शेयर किनबेच भएको छ । त्यसैगरी, निफ्राको ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *