काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सयले बढेर तोलाको एक लाख नाघेको छ । आज सुन तोलाको एक लाख ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ५ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर तोलाको १३६५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १३५५ मा कारोबार भएको थियो ।




