अर्थ

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन तोलाको ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९८ हजार रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ पनि घटेको छ । मंगलबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ५ रुपैयाँले गिरावट आएर एक हजार ३३५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *