अर्थ

बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको भाउमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको छ ।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ३ सय रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको भाउमा भने गिरावट देखिएको छ । चाँदी प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *