बैंक/ शेयर

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से २३ दशमलव ९५ अंकले घटेर २ हजार ५ सय ४४ दशमलव ३० विन्दुमा रोकिएको हो ।

त्यसैगरी, आज कारोबार रकममा पनि सामान्य घटेको छ । बुधबार २ अर्ब २५ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएकोमा आज १ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज ३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपाल,राष्ट्र उत्थान र नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । इमर्जिङ नेपालको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १२ सय २४ दशमलव ८० रुपैयाँ पुगेको छ भने राष्ट्र उत्थानको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता १३ सय १९ दशमलव ५० रुपैयाँ पुगेको छ । त्यस्तै, नेष्डो समृद्धी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ५५ दशमलव ७० रुपैयाँ पुगेको छ ।

यसका साथै नेप्सेमा आज ६ कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज करिब ४ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी इमजिङ नेपालको भएको छ । यस कम्पनीको आज ९ करोड २३ लाख भन्दा बढीको कारोबार भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *