अर्थ

मेगा बैंकको काठमाडौंमा एकैसाथ तीन नयाँ शाखा

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीनवटा नयाँ शाखाको कारोबार सञ्चालनमा ल्याएको छ ।

काठमाडौंको बागबजार, गौशाला र कोटेश्वरमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ ।
अत्याधुनिक बैंकिङ सेवालाई प्राथमिकता दिँदै आएको मेगा बैंकले गुणस्तरीय बैंकिङ सुविधा सँगसँगै शाखा सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिँदै आएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *