समाचार

आज घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बुधबार १ हजार १ सय रुपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको भाउ तोलाको ९८ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोला एक हजार ३९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २५ रुपैयाँले घटेर एक हजार ३७० रुपैयाँ मूल्य निर्धारण भएको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *