काठमाडौ । इलाम नगरपालिका–८ की बिना चेम्जोङले राष्ट्रिय वाणिज्य बैंक इलाम शाखाबाट सुन धितो राखेर ऋण लिँदा ठगिएको गुनासो गरेकी छन् । बैंकबाट धितो फिर्ता लिँदा आफूले राखेको सुन नपाएर जलप लगाएको सिक्री दिएको चेम्जोङको दाबी छ ।
‘मैले १० असारमा पाँच थान सुन धितोमा राखेर एक लाख ४७ हजार रुपैयाँ ऋण लिएको थिएँ । तीन किस्तामा ब्याज साँवा तिरेर १ फागुनमा सुन फिर्ता लिँदा एक तोलाको सिक्री मेरो दिइएन’, उनले भनिन्, ‘यो मेरो होइन भन्दा ‘बैंकलाई विश्वास नगर्ने’ भनेर कर्मचारीले हप्काएर पठाए । त्यो सुनको सिक्री नभएर जलप मात्र रहेछ ।’ चेम्जोङले ३ थान सिक्री, एउटा पञ्चरत्ने चुरा र एउटा औँठी बैंकमा धितो राखेर ऋण लिएर बताइन् । पाँच थान सुन फिर्ता लिँदा एउटा सिक्री सुनको जलप लगाएको सिक्री पाएको चेम्जोङले बताइन् ।
बैंकबाट लिएर घरमा गहना राखेर नारी दिवसको दिन लगाउन खोज्दा सिक्रीको हुप नभएपछि हुप लगाउन सुन पसल पुग्दा आफू ठगिएको थाहा पाएको चेम्जोङले सुनाइन् । ‘नारी दिवसको दिन सिक्री लगाउन खोज्दा सिक्रीको हुप थिएन, हुप लगाउन सुन जाँदा पसलेले यो त सुनै होइन भन्यो । नारी दिवसको दिन बैंक बन्द भएकाले भोलिपल्ट राष्ट्रिय वाणिज्य बैंकमा पुगेर गुनासो गर्दा तपाइँले यही सुन राखेको भनेर फर्काए।’ चेम्जोङले बताइन् ।
लिएर घरमा गहना राखेर नारी दिवसको दिन लगाउन खोज्दा सिक्रीको हुप नभएपछि हुप लगाउन सुन पसल पुग्दा आफू ठगिएको थाहा पाएको चेम्जोङले सुनाइन् । ‘नारी दिवसको दिन सिक्री लगाउन खोज्दा सिक्रीको हुप थिएन, हुप लगाउन सुन जाँदा पसलेले यो त सुनै होइन भन्यो । नारी दिवसको दिन बैंक बन्द भएकाले भोलिपल्ट राष्ट्रिय वाणिज्य बैंकमा पुगेर गुनासो गर्दा तपाइँले यही सुन राखेको भनेर फर्काए।’ चेम्जोङले बताइन् ।




