अर्थ

नेपाली बजारमा आज कतिमा कारोबार भैरहेको छ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९९ हजार ३ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

तेजावी सुनको भाउ तोलाको ९९ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ ।

यसैगरी चाँदीको मूल्य पनि आज तोलामा २० रुपैयाँको दरले बढेको छ । बुधबार एक हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३९० रुपैयाँमा निर्धारण भएको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *