समाचार

भैरहवाकाे रेडसन वाटर फनपार्ककाे विशेष छुटका साथ सेवा सुरु

काठमाडौं । काेराेना भाइरस संक्रमणले थला परेको पर्यटन तथा होटल व्यवसायलाई पुनर्ताजगी गराउन र आर्थिक चलायमान गर्नका वेभ पुलसहितको रेडसन वाटर फन पार्कले पुनः सेवा सुरु गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा नेपालमै पहिलो पटक समुद्रको अनुभूति दिलाउनका लागि विशेष छुटका साथ बालबालिकालाई २५० रुपैयाँ र अन्यका लागि तीन सय रुपैयाँमा मात्र सेवा सुरु गरेको हो ।

 बुद्ध जन्मस्थल, संचालनको तरखरमा रहेको गौतमबुद्ध विमानस्थल, भारतीय पर्यटक र स्थलमार्ग भई सबैभन्दा बढी पर्यटक आउने नााकाको शहर भैरहवा आउने पर्यटकहरूलाई लक्षित गरी पर्यटकीय गनतव्यका लागि रेडसन वाटर फनपार्कको अवधारणा ल्याइएको रेडसन वाटर पार्क तथा बोधी होटलका संचालक प्रमोद यादवले जानकारी दिए ।

कोरोनाको चपेटामा परेको वाटर पार्कलाई सुचारु गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रयासमा पार्क रहेको छ ।
 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *