काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ सोमबार ५ सय रुपैयाँले घटेर एक लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, चाँदीको मूल्य पनि आज तोलामा १० रुपैयाँको दरले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको महासंघले जनाएकाे छ ।




