अर्थ

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ बिहीबार ३ हजार ५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको एक लाख १ हजार ५ सय हजार रुपैयाँ निर्धारण गरिएको छ । बुधबार सुनको भाउ इतिहासकै सबैभन्दा उच्च मूल्यमा पुगेको थियो ।

चाँदीको मूल्य भने आज तोलामा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *