अर्थ

बढ्यो कुखुराको मासुको मूल्य

काठमाडौं । २ हप्ता भन्दा कम अवधिमै कुखुराको मासुको मूल्य दोस्रोपटक वृद्धि भएको छ । २ पटक गरेर करीब ५० रुपैयाँ मूल्यबढेपछि कुखुराको मासुको खुद्रा विक्री मूल्य ३९५ देखि ४२० रुपैयाँ सम्म पुगेको छ ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण ढुवानी देखि दाना/पानी सम्मको मूल्य बढेको भन्दै व्यवसायीहरूले कुखुराको मासुको मूल्य बढाएका हुन् ।

गत महीना सम्म ३५० रुपैयाँ भन्दा मुनी रहेको कुखुराको मासुको मूल्य फागुन लागेपछि लगातार उकालो लागेको छ ।

नेपाल कुखुराको मासुमा आत्मनिर्भर रहेको छ । तर, दाना र औषधिमा भने अहिले पनि विदेशको भर पर्नुपर्ने अवस्था बाँकी नै छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *