अर्थ

नेप्सेमा १० लाख भन्दा बढी कित्ता बोनस शेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निम्न मितेरी डेभेलपमेन्ट बैंक लिमिटेडको १० लाख ६० हजार कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार निम्न मितेरी डेभेलपमेन्ट बैंक लिमिटेडको १३ दशमलव ३० प्रतिशत अर्थात १० लाख ६० हजार ५ सय ११ दशमलव ३३ कित्ता बोनस शेयर सूचिकृत भएको हो । उक्त बोनस शेयर कम्पनीले आर्थिक वर्ष २०७७ ०७८ को मुनाफाबाट बाँडफाँड गरको हो ।

यसका साथै, सूचिकृत भएको उक्त बोनस शेयर शेयरधनीहरुले डिम्याट खातामा आएपछि दोश्रो बजारमार्फत कारोबार गर्न सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *