अर्थ

नेपालमा ६ महिना भित्र एक खर्ब १० अर्बभन्दा बढीको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त

काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०७८ र ७९ को पहिलो ६ महिनामा १ खर्ब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ ।

२०७७ साउन देखि पुस मसान्तसम्मको अवधिमा नेपालले उक्त वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थका अनुसार प्राप्त वैदेशिक सहायता प्रतिबद्धतामा अनुदान सहायता ६ अर्ब ८५ करोड २६ लाख ९६.१८ प्रतिशत र सहुलियतपूर्ण ऋण सहायता १ खर्ब ३ अर्ब ९९ करोड ९९३.८२ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७ र ७८ मा विभिन्न विकास आयोजना÷कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब २३ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *