अर्थ

डीडीसीले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढायो

काठमाडौं । सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाउने निर्णय गरेको छ ।

मूल्यबृद्धिसँगै अब डीडीसीको एक लिटर दूधको मूल्य ८५ रुपैयाँ पुगेको छ । यसअघि डीडीसीको दुधको मुल्य प्रतिलिटर ७६ थियो ।

संस्थानको बुधबार बसेको बोर्ड बैठकले नयाँ उपभोक्ता मूल्य निर्धारणको निर्णय गरेको हो । बढेको मूल्य शुक्रबारदेखि लागू हुनेछ ।

बुधबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले संस्थानलाई दूधको मूल्य बढाउन अनुमति दिएको थियो ।

यसअघि मन्त्रिपरिषद् बैठकले किसानले पाउने गरी कच्चा दूधको मूल्य ६ रुपैयाँ ५२ पैसाले बढाउने निर्णय गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *