अर्थ

दोहोरो अंकले वृद्घि, १५ दशमलव ६९ अंकले उकालो लाग्यो

काठमाडौं । आज (सोमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकले वृद्घि भएको छ।

आज नेप्से १५ दशमलव ६९ अंकले उकालो लागेर २ हजार ८ सय ५१ दशमलव ८६ विन्दुमा पुगेको हो भने आज कारोबार रकम ५ अर्ब २ करोड २० लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्घि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक र छ्याङदी हाइड्रोपावर कम्पनी रहेको छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूलय ८ दशमलव ४२ प्रतिशतले बढेर प्रतिकित्ता ४ सय १२ रुपैयाँ पुगेको छ । त्यस्तै छ्याङदी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ दशमलव ८३ प्रतिशतले बढेर प्रतिकित्ता ५ सय २४ रुपैयाँ पुगेको छ ।

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । यस कम्पनीको आज ४९ करोड ३४ लाख भन्दा बढीको कारोबार भएको छ ।

बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ४ दशमलव ५७ प्रतिशतले घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *