काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार सुनको मूल्य ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँमा खरिदविक्री भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ हजार २ सय ५५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन भने १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




