काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले शैक्षिक योग्यता नपुगेका व्यक्तिलाई नेपाल लाइफको सहायक प्रवन्धक पदमा नियुक्त गरेको भन्दै कारबाही गरेको बीमा समितिले सबै बीमा कम्पनीका कार्यरत कर्मचारीहरुको शैक्षिक योग्यताको सर्टिफिकेट माग गरेको छ ।
नक्कली शैक्षिक प्रमाणपत्र देखाएर जागिरमा नियुक्त भएका विषय चर्चामा आएपछि बीमा समिति कडा रुपमा प्रस्तुत भएको हो । यसअघि पनि नेपाल लाइफ इ्रन्स्योरेन्सले शैक्षिक योग्यता नपुगेका अमित कुमार कयाललाई सहायक महाप्रबन्धकमा नियुक्त गरेको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको थियो ।
यसरी बीमा क्षेत्रमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी बढ्न थालेपछि समितिले हिजो (बिहीबार) एक निर्देशन जारी गर्दै बीमा कम्पनीमा कार्यरत सम्पुर्ण कर्मचारीहरूको विवरण एकहप्ताभित्र बुझाउन निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
समितिले नक्कली शैक्षिक योग्यताको विवरण पठाएको पाएमा वा पठाउने कम्पनी दुबैलाई कारबाहिको दायरामा उभ्याउने कडा चेतावनी दिएसँगै उक्त विषयमा आबद्ध कर्मचारीहरु त्रसित बनेका छन् । समितिले विहिबार सम्पुर्ण बीमक तथा पुनर्बीमक कम्पनीहरुलाई यस विषयप्रति निर्देशन जारी गर्दै बीमा कम्पनीहरुमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको शैक्षिक योग्यताको प्रमाणपत्र एकहप्ताभित्र बीमा समितिमा पठाउन निर्देशन दिएको हो ।
यो खबर




