अर्थ

एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा २०७८ साल माघ २१ गते शुक्रबार काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट भच्र्युअल माध्यमबाट सम्पन्न भएको हो ।

त्यस्तै, संचालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आ।व। २०७६र७७ को वार्षिक प्रतिवेदन साधारण सभाको बहुमतले अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष २०७६ र ७७ सम्मको संचित नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशतका दरले ५० करोड २६ लाख ९० हजार १८१ दशमलव ८५ रुपैयाँ बराबरको बोनश शेयर वितरण गर्ने र २ प्रतिशत नगद लाभांश (बोनश शेयरको कर प्रयोजनको) वापत ४ करोड २ लाख १५ हजार २ सय १४ दशमलव १५ रुपैयाँ वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७७ र ७८ को लागि लेखापरिक्षण समितिको सिफारीश बमोजिम बाह्य लेखा परिक्षक एस ए आर एशोसियट्स, चार्टड एकाउन्टेन्ट सुनिल कुमार ढुंगेलको नियुक्ति र पारिश्रमिक अनुमोदन गरेको हो ।

एशियन लाईफ इन्स्योरेन्सको ५ सय १५ स्वामित्व रहेको एशियन क्यापिटल लि।मा सामूहिक लगानी कोष संचालन गर्न सम्बन्धित नियामक निकायबाट स्वीकृती लिन र कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव साधारण सभाकोे बहुमतबाट पारित भएको छ ।

सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावलाई समेत पारित गरेको हो ।

२०६४ साल चैत्र २१ गतेदेखि कारोबार संचालन गरेको यस कम्पनीको २०७८ साल पौष मसान्त सम्ममा रु ३० अर्ब जीवन बीमा कोष र करिब रु। ३० अर्ब लगानी तथा कर्जा रहेकोे छ ।

त्यसैगरी कम्पनीले आ.व. २०७८ र ७९ को पौष मसान्तसम्ममा कूल रु। १ अर्ब ६ करोड २४ लाख प्रथम बीमाशुल्क र रु ३ अर्ब ४६ करोड ४२ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ ।

यसैगरी, कम्पनीले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म ४७ वटा शाखा तथा १ सय ३ वटा उपशाखाहरुबाट जीवन बीमा सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकको आवश्यक्तालाई मध्यनजर गर्दै लघु म्यादी, म्यादी, सावधिक, आजीवन, अग्रीम भुक्तानी, सीमित भुक्तानी सावधिक, संयुक्त सावधिक सहित २६ वटा जीवन बीमा योजना प्रचलनमा ल्याएको कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *