अर्थ

नेप्सेमा दोहोरो अंकको गिरावट, २ हजार ८ सय ७६ दशमलब ७५ विन्दुमा रोकियो

काठमाडौं । कारोबार साताको पाचौं दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १४ दशमलव ५८ अंकले घटेर २ हजार ८ सय ७६ दशमलब ७५ विन्दुमा रोकिएको हो ।

नेप्सेका अनुसार आरएउमडीसी लघुवित्त वित्तीय संस्थाको र पोखरा फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । यसको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले घटेको छ ।

कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ८२ करोड ७० लाख भन्दा बढीको कारोबार भएको छ ।

त्यस्तै, आज नेप्से घटेपनि कारोबार रकम भने उच्च वृद्धि भएको छ । आज ८ अर्ब ६१ करोड २१ लाख बराबरको कारोबार भएको छ । नेप्सेमा आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

ती कम्पनीहरुमा वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *