बैंक/ शेयर

प्रि–ओपनिङ्गमा १६ कम्पनीको मूल्य बढाउदा नेप्से २९०० बिन्दुमा

काठमाण्डौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ७.२७ अंकले बढेको छ । यससँगै नेप्से २ हजार ८९८ दशमलव ६१ अंकमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २३ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस अवधिमा २३ कम्पनीका २२ हजार ६५५ कित्ता सेयर ८५ लाख १६ हजार ४७५ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *