अर्थ

इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौैं । इमर्जिङ्ग नेपाल लिमिटेडले माघ २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित दरका ५ लाख ५५ हजार ६०० कित्ता शेयर विक्री गर्न लागेको हो ।

त्यसैगरी, यो आईपीओ फागुन १ गतेसम्म विक्रीमा रहनेछ । कुल कित्तामध्य २ प्रतिशत अर्थात ११ हजार १ सय १२ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७ सय ८० कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरेको छ । यी बाहेक बाँकी ५ लाख १६ हजार ७ सय ८ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउने भएको हो । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सोहिअवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने माघ ११ गतेसम्म विक्री खुला गरिने जानकारी कम्पनीले दिएको छ । शेयर खरिदका लागि विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय तथा मेरो शेयर सफ्टवेयर र एप मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।हाल कम्पनीको चुक्तापूँजी रू। ५० करोड ४० हजार रहेको छ। यो आईपीओलाई इक्रो नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम जोखिमको संकेत गर्ने इक्रा एनपी आईआर डबल बिप्लस रेटिङ्ग प्रदान गरेको छ ।

साथै, सर्वसाधारण शेयरपछि यो पूँजी रू। ५५ करोड ५६ लाख पुग्नेछ । कम्पनीमा हाल संस्थापक तर्फ ९० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारण तर्फ कर्मचारी समेत १० प्रतिशत शेयर कम्पनीले विक्री गर्न लागेको हो । आर्थिक वर्ष २०७७र७८ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू। १ सय ५ दशमलव ११ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *