अर्थ

सेयर बजार दाेहाेराे अंकले घट्यो, पाँच अर्बभन्दा बढीको कारोबार

काठमाडाैं ।आइतबार एक सय पाँच अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज साेमबार भने दाेहाेराे अंकले घटेकाे छ।

नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर दुई हजार आठ सय ७१ दशमलव शून्य पाँच विन्दुमा झरेको छ। साेमबार माइक्रोफाइनान्स, अन्य र लगानीबाहेक सबै समूहको सेयर घटेको छ।

बीमा, उत्पादन र विकास बैंकको सेयर उच्च अङ्कले ओरालो लागेको छ। आज दुई सय २५ वटा कम्पनीकाे एक करोड एक लाख कित्ता सेयर पाँच अर्ब १५ करोड ४१ लाख रुपैयाँमा कारोबार भएकाे छ।

सबैभन्दा धेरै एचआइडिसिएलको ५७ करोड रुपैयाँको सेयर किनबेच भएकाे छ। आज माउन्टेन हाइड्रो नेपाल र सिभिल लघुवित्त कम्पनीको सेयर झन्डै साढे तीन प्रतिशतले घटेको छ।

समग्र बजार घटे पनि फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल माइक्रोफाइनान्स र बुद्धभूमि हाइड्रोको सेयर भने १० प्रतिशतले बढेर सर्किट लागेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *