अर्थ

रिलायन्स लाइफ इन्स्योरेन्सको सीइओमा राकेश पोखरेल नियुक्त

संकल्पखबर । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्याकारी अधिकृत (सीइओमा) राकेश पोखरेल नियुक्त भएका छन् ।

कम्पनीको प्रमुख कार्याकारी अधिकृत (सीइओमा) पोखरेललाई नियुक्त गर्ने प्रस्तावलाई नियामक निकाय बीमा समितिले माघ–७ गते स्वीकृति प्रदान गरेको थियो ।

पुस १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ–१३ गते देखि लागू हुने गरी पोखरेललाई सीइओमा छनोट गरी सिफारिस गरेको थियो ।

त्यस्तै, सञ्चालक समितिले स्वीकृत दिएसँगै पोखरेल ४ वर्षको लागि सीइओमा नियुक्त भएका छन् ।

पोखरेललाई कम्पनीले केहि समय अगावै सीइओमा नियुक्त गरेर समितिमा पठाए पनि उनको पारिश्रमिकमा समितिले प्रश्न उठाएर स्वीकृत गर्न ढिलाई गरेको थियो ।

यसैक्रममा पोखरेलले विगतमा आईएमई लाईफ इन्स्योरेन्समा सीइओको रुपमा तथा सूर्या लाइफ इन्स्योरेन्समा डेपुटी सीईओमा समेत भएर कार्य अनुभव बटुलेको कम्पनीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *