अर्थ

सुनचाँदीको मूल्यमा गिरावट, सुनको मूल्य तोलामा ९०० ले घट्यो

संकल्पखबर । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। हिजो सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ९०० ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुुनको मूल्य प्रतितोला ९२ हजार ६०० मा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कायम भएको छ ।

त्यस्तै, हिजो प्रतितोला १२ सय ९० मा कारोबार भएको चाँदी आज प्रतितोला रु १२ सय ६५ मा खरिदविक्री भएको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *