अर्थ

शेयर बजारको ओरालो यात्राः ३८.४५ अंकको गिरावट


संकल्पखबर । आज (बुधबार) साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ।

आज नेप्से ३८ दशमलव ४५ अंकले घटेर २ हजार ७ सय ७६ दशमलब ६१ विन्दुमा रोकिएको हो।

मंगलबार नेप्से ५ दशमलव ९२ अंकले घटेर २ हजार ८ सय १४ दशमलब ७४ विन्दुमा थियो।

आज कारोबार रकममा समेत गिरावट आएको छ ।

मंगलबार ५ अर्ब ३९ करोड ५६ लाख बराबरको कारोबार भएको थियो, भने आज ४ अर्ब ३१ करोड ३१ लाख बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज २ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

वीन नेपाल लघुवित्त वित्तीय संस्था र बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज यी दुबै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य बढेर आज प्रतिकित्ता १ हजार२ सय १६ दशमलव ६० रुपैयाँ पुगेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४ सय ६३ रुपैयाँ पुगेको छ।

साथै,कारोबारको आधारमा आज सबैभन्दा बढी अपी पावर कम्पनीको भएको छ।

यस कम्पनीको आज १६ करोड ७७ लाख भन्दा बढीको कारोबार भएको छ।

पोखरा फाइनान्सको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ ।


यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *