काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १९ अंकको वृद्धि भएको छ ।
यस साताको कारोबारको दोस्रो दिन नेप्से १९.४३ अंकले बढेर २७८४.९५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
त्यस्तै सोमबार २३६ कम्पनीको ७७ हजार १८३ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल ७ अर्ब १२ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार गुर्खाज फाइनान्सको भएको छ । यस कम्पनीको आज २२ करोड ७७ लाखभन्दा बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका बैंकिंग, होटल र उत्पादन उपसूचक बाहेक सबै उपसूचकको मुल्य बढेको छ ।
नेप्सेका अनुसार आज अन्य समुहको सबैभन्दा बढी मुल्य फाइनान्सको ५.४८ प्रतिशतले बढेको छ भने फाइनान्सको ३.३१ प्रतिशतले बढेको छ ।
त्यस्तै आज मध्यभोटेकोशीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने युनियन हाइड्रो र कर्पोरेट विकास बैंकको शेयर मुल्य ९ प्रतिश्र भन्दा बढीले बढेको छ ।
त्यस्तै आज प्रभु सेलेक्ट फण्डको शेयर मुल्यमा सबैभन्दा बढी ३.१७ प्रस्तिष्टको गिरावट आएको छ ।




