काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि परेका आवेदनमध्ये पहिलो चरणमा ५ जना छनोट भएका छन्।
परेका आवेदनमध्ये मूल्यांकनका आधारमा उत्कृष्ट ५ जना छनोट गरिएको सिफारिस समितिले जनाएको छ। उक्त पदका लागि ११ जनाले आवेदन दिएका थिए।
५ जनामध्येबाट समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। तीमध्येबाट मन्त्रिपरिषद्ले १ जनालाई चार वर्षका लागि सीईओ बनाउने छ।





