काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको हो । आज सुन प्रति १० ग्राम ७८ हजार ५३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १०५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।




