अर्थ

२६ सय अङ्क नाघ्यो नेप्से , कारोबार रकम करिब ४१ करोडले वृद्धि

काठमाडौँ । सेयर बजारको परिसूचक नेप्सेले २६ सय अङ्क नाघेको छ । केही दिनयता बढ्दै गएको परिसूचक सोमबार ३२ अङ्कले उकालो लागेसँगै २६१६ अङ्कमा पुगेको हो ।

यसअघि आइतबार ६० अङ्कले बढेको थियो । कारोबार रकम करिब ४१ करोडले बढेको छ । आइतबार ४ अर्ब १२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएको छ ।

उत्पादन बाहेकका उपसमूहहरु बढेका छन् । सो उपसमूह २ अङ्कले घट्यो । बैङ्किङ २५, विकास बैङ्क ७३, फाइनान्स ४२, होटल तथा पर्यटन २३, जलविद्युत १०, लगानी १, जीवन बीमा ९३, माइक्रोफाइनान्स १४५, निर्जीवन बीमा ६१, अन्य ३ र व्यापार उपसमूह १८६ अङ्कले बढे ।

कुल १४९ कम्पनीको मूल्य बढ्यो भने ४१ को घट्यो । मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७७ रुपैयाँ १० पैसा पुगेको छ । गुराँस लघुवित्तको ९.४, एनआइसी एसिया लघुवित्तको ८.३, साल्ट ट्रेडिङको ८.१ र फर्स्ट माइक्रोफाइनान्सको ७.८ प्रतिशतले मूल्य बढ्यो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *