अर्थ

बढ्न थाल्यो बैंकहरूमा निक्षेप

काठमाडौं।केही समययता घटेको बैंकहरूको निक्षेप पुनः बढ्न थालेको छ । मंसिरको पहिलो र दोस्रो सातामा निक्षेप घटेकोमा तेस्रो सातामा निक्षेप वृद्धि भएको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार बाणिज्य बैंकहरूबाट मंसिर पहिलो साता आठ अर्ब र दोस्रो साता ६ अर्व रुपैयाँ निक्षेप घटेको थियो । मंसिर ११ देखि १७ गतेसम्ममा भने बैंकहरुको निक्षेप सात अर्ब रुपैयाँले वृद्धि भएको छ ।

निक्षेपसँगै बैंकहरूको कर्जा लगानी पनि वृद्धि भएको छ । मंसिर पहिलो सात अर्ब लगानी बढाएका बैंकहरूले दोस्रो र तेस्रो साता १४/१४ अर्व रुपयाँ लगानी विस्तार गरेका छन् ।

१७ मंसिसम्म बाणिज्य बैंकहरूले ४२ खर्व २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४० खर्ब ६९ अर्व कर्जा प्रवाह गरेको संघले जानकारी दिएको छ । पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि नहुँदा बैंकहरूले तरलता अभावको समस्या भोगिरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *