अर्थ

उद्योग विभागको महानिर्देशकमा तिवारी

काठमाडौं । उद्योग विभागको महानिर्देशको जिम्मेवारी रामचन्द्र तिवारीले पाएका छन् ।

गत कात्तिकमा खुल्ला प्रतिस्पर्धाबाट सह–सचिवमा नाम निकालेका तिवारीको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगत पदस्थापन भएको थियो ।

सह–सचिव भएको एक महिनामै तिवारीले विभागको महानिर्देशकको महत्वपूर्ण जिम्मेवारी पाएका हुन । तिवारीले गत बिहीबारदेखि उद्योग विभागमा काम सुरु गरेका छन् ।

विभागको तत्कालिन महानिर्देशक जीवलाल भुसाललाई भने उद्योग मन्त्रालय सरुवा गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *