काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँ कायम भएकोमा सोमबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९३ हजार ९०० रुपैयाँ कायम भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ कायम भएको छ ।




